नेभिगेशन
खेलकुद

एसियन कप छनोटमा नेपालको प्रभावशाली जित, लाओसलाई ९–० ले हरायो

काठमाडौं — एएफसी एसियन कप छनोट अन्तर्गत आइतबार उज्बेकिस्तानको पख्ताकोर स्टेडियममा भएको खेलमा नेपालले लाओसलाई ९–० को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

नेपालका लागि कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले पाँच गोल गरेकी हुन्। खेलको ८८औं मिनेटमा उनले टोलीका लागि नवौं तथा व्यक्तिगत पाँचौं गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन्।

नेपालका अन्य गोलकर्ता मध्ये अनिता बस्नेत, रजनी कुमारी मोक्तान, अनिता केसी र सरु लिम्बूले एक–एक गोल गरेका थिए।

समूह 'एफ' मा रहेको नेपालले यो जितसँगै महत्वपूर्ण तीन अंक जोडेको छ। सावित्रा भण्डारीले यस पटक पहिलोपटक राष्ट्रिय टोलीको कप्तानी सम्हालेकी हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्