नेभिगेशन
देश

थारु विद्यार्थी समाजद्धारा थारु जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम सम्पन्न

काठमाडौं । थारु विद्यार्थी समाज केन्द्रिय कार्यसमितिले २०८२ को प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित थारु जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ । 

आज शनिबार काठमाडौंको अनामनगरस्थित तमु बौद्ध सेवा समितिको हलमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित सांसदहरुलाई शुभकामना तथा बधाई ज्ञापन गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा. राम प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रत्यक्षतर्फ निर्वाचित सांसदहरु सप्तरी क्षेत्र नं। ३ का अमरकान्त चौधरी, बांके क्षेत्र नं. १ का सुरेश चौधरी, मोरंग क्षेत्र नं. ४ का सन्तोष राजबंषी उपस्थिति थिए भने समानुपातिकतर्फका सुरेन्द्र चौधरी, करिष्मा कठरिया, प्रेमलाल चौधरी, निराशा चौधरी, कृपाराम राना लगायत उपस्थित थिए । 

कार्यक्रममा विभिन्न कारणवंस सप्तरी क्षेत्र नं. १ की पुष्पा कुमारी चौधरी, सुनसरी क्षेत्र नं. ३ का अशोक चौधरी, बार्दिया क्षेत्र नं. २ का ठाकुर प्रसाद थारु, गिता चौधरी र प्रमिला गच्छादार अनुपस्थिति रहे ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिका रुपमा थारु कल्याणकारिणी सभाका केन्द्रिय अध्यक्ष प्रेमीलाल चौधरी, नेपाल आदिवासी जनजाती विद्यार्थी महासंघका अध्यक्ष तथा थाविस पुर्व अध्यक्ष चन्द्रप्रसाद चौधरी, रमानन्द चौधरी, चन्द्र नारायण चौधरी, शैलेन्द्र चौधरी, रमेश चौधरी, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक कानुनलाल चौधरी,बर्दियाली थारु विकास मञ्चका अध्यक्ष सिताराम चौधरी, थारु महिला समाजका अध्यक्ष अनिता चौधरी, चम्पन्न साँस्कृतिक समुहका अध्यक्ष नन्दुराज चौधरी, अग्रासन महिला समुहका अध्यक्ष चम्पा चौधरी लगायतको उपस्थिति रहेको थियो । 

समाजका महासचिव चन्द्रप्रकाश चौधरीले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष विमल चौधरीले उपस्थिति सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए । 

Tharu-Bidhyarthi-samaj-(1)-1774707400.jpg

Tharu-Bidhyarthi-samaj-(6)-1774707386.jpg

Tharu-Bidhyarthi-samaj-(5)-1774707374.jpg

Tharu-Bidhyarthi-samaj-(4)-1774707373.jpg

Tharu-Bidhyarthi-samaj-(2)-1774707360.jpg

Tharu-Bidhyarthi-samaj-(3)-1774707360.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्