नेभिगेशन
देश

कृषिमन्त्री गीता चौधरीको पहलमा कृषि तथा पशुपन्छी अनुदानबारे छानबिन गर्न कार्यदल गठन

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी छन् । 

सहसचिव बद्रीप्रसाद दाहालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदललाई आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदान प्रतिवेदनको पुनरावलोकन गर्दै दुरुपयोगको अवस्था लेखाजोखा गरी सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिस गरिएको छ भने ६ महिनाभित्र विस्तृत प्रतिवेदन तयार पारी मन्त्रालयसमक्ष पेस गर्न समयसीमा तोकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्