नेभिगेशन
खेलकुद

जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै कर्णाली याक्सको विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग -एनपीएल_को तेस्रो खेलमा कर्णाली याक्स विजयी भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै विजयी सुरुवात गरेको हो । 

कर्णाली याक्सले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.२ ओभरमा ११३ रन बनाएर अलआउट भएको हो । 

त्यसअघि कर्णालीले ९ विकेट गुमाएर १३२ रन बनाएको थियो, जसमा अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए ।

अब एनपीएलमा अर्को खेल भोलि मंगलबार सुदुरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच साँझ ५ बजे हुनेछ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्