नेभिगेशन
देश

जेनजी आन्दोलनमा शहीद र घाइते भएकाहरुको सपना पूरा गर्नुपर्छ : प्रवेश दाहाल

काठमाडौं । जेनजी आन्दोलनको आधिकारिक वार्ता टोलीले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले आन्दोलन दमनमा लिएको भूमिकाबारे कारबाही हुनुपर्ने माग गरेको छ।

काठमाडौंमा आयोजित वार्ता टोली घोषणा कार्यक्रममा बोल्दै सदस्य प्रवेश दाहालले शहीद र घाइतेहरूको सपना पूरा गर्न वर्तमान सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।

उनले भने, “हाम्रो माग भनेको तत्कालीन सरकार, विशेषतः केपी ओली नेतृत्वको सरकारमाथि कारबाही हुनु हो। अब सरकार चुप लागेर बस्न सक्दैन, स्पष्ट निर्णय लिनुपर्छ।”

दाहालले ओली नेतृत्वलाई जेनजी शहीद र घाइतेप्रति धोका दिएको आरोप लगाउँदै भने, “शहीद र घाइतेहरूको सपनामाथि खेलवाड गर्न खोजिएको छ, तर त्यो सपना अब पुरा हुनुपर्छ। जनताले परिवर्तन चाहेका छन्, त्यसैले हामी सबै एकजुट हुनुपर्छ।”

साथै उनले समाजमा कुनै व्यक्ति वा समूहलाई खण्डित गर्ने मनसाय नरहेको उल्लेख गर्दै नेपाली जनता र जेनजीबीच एकता अपरिहार्य रहेको धारणा व्यक्त गरे। “सबै नेपाली एकजुट हुनुपर्छ, जेनजी पनि एकजुट हुनुपर्छ। जनताले जेनजीलाई सुझाव र सल्लाह दिनुपर्छ,” दाहालले जोड दिए।

Photo-(7)-(2)-1759117513.jpg
Photo-(9)-(3)-1759117513.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्