नेभिगेशन
प्रवास

नेपाल फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्डको चौथो संस्करण जापानको टोकियोमा भव्य रूपमा सम्पन्न

"नेपाल फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्ड २०२५" को चौथो संस्करण यसै साता जापानको राजधानी टोकियोमा सफलतापूर्वक सम्पन्न भयो। काठमाडौंस्थित हिमालयन मुभिज प्रोडक्सन हाउसको आयोजनामा सम्पन्न यस कार्यक्रममा फेशन, मनोरञ्जन तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने नेपाली प्रतिभाहरुलाई सम्मान गरियो। उक्त कार्यक्रममा करिब डेढ दर्जन भन्दा बढी नेपाली व्यक्तित्वहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। कार्यक्रमको प्रमुख आतिथ्य गैरआवासीय नेपाली संघ (एन.आर.एन.ए.) जापानका अध्यक्ष नविन न्युरेले गर्नु भएको थियो भने, नेप्लिज बिजनेस एशोसिएसन जापानका अध्यक्ष बिजेश थकाली, व्यवसायी मनिस मगर र सुरेन्द्र खड्काको समेत विशेष आतिथ्यता रहेको थियो।

d00-1748858906.jpg
कार्यक्रमको विशेष आकर्षण स्वरूप विविध फेशन सो समेत प्रस्तुत गरिएको थियो, जसमा मोडलहरुले फ्युजन शैलीको पोशाकमा र्याम्पमा प्रस्तुत भएका थिए। सम्पूर्ण कोरियोग्राफी हिमालयन मुभिजकी प्रमुख कार्यकारी अधिकृत तथा ख्यातिप्राप्त फेशन कोरियोग्राफर हिमानी सुब्बाले सम्हालेकी थिइन्। साथै, कार्यक्रमको मध्यान्तरमा सुब्बा स्वयं पनि विशेष पहिरनमा र्याम्पमा प्रस्तुत भएकी थिइन्। कार्यक्रमका सम्पूर्ण दृश्यहरू जापानस्थित फोटोग्राफर गणेश थापा मगरले कैद गरेका थिए। अवार्ड कार्यक्रम अन्तर्गत एन.आर.एन.ए. जापान अध्यक्ष नविन न्युरेलाई "बेस्ट नेप्लिज सोसियल क्याम्पेनर", बिजेश थकालीलाई "बेस्ट सोसियल वेलफेयर एक्टिभिस्ट", मनिस मगरलाई "बेस्ट नेप्लिज फरेन आन्टरप्रेन्योर" तथा गणेश थापा मगरलाई "बेस्ट नेप्लिज फरेन फोटोग्राफर" अवार्ड प्रदान गरियो। साथै, सौन्दर्य प्रतियोगिता, फेशन डिजाइन, मोडलिङ, ब्यूटिसियन तथा मनोरञ्जन क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न प्रतिभाहरुलाई समेत सम्मानित गरिएको थियो। आयोजक संस्था हिमालयन मुभिजकी सी.ई.ओ. हिमानी सुब्बाका अनुसार, स्वदेश तथा विदेशमा रहेर नेपाली समुदायमा मनोरञ्जन तथा सामाजिक रूपान्तरणमा योगदान दिने प्रतिभाहरुलाई हरेक वर्ष यस अवार्डमार्फत सम्मान गरिँदै आएको छ, जसले सहभागी तथा सम्मानित प्रतिभालाई थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्