युके । बेङ्गोर नेप्लिज सोसाईटी, बेङ्गोर युनिभर्सिटी, युकेको २०२६–२७ कार्यकालका लागि रामप्रित रजकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
युकेको वेल्समा रहेको बेङ्गोर युनिभर्सिटीमा अध्ययनरत नेपाली विधार्थीहरुले सामाजिक भावना राखेर स्थापना गरेको बेङ्गोर नेप्लिज सोसाईटीको अध्यक्षमा रजक चयन भएको हो ।
त्यसैगरी उपाध्यक्षमा आयुश सापकोटा, सचिवमा सपना परियार, कोशाध्यक्षमा सुजा श्रेष्ठ चयन भएका छन् भने सोसल मिडिया म्यानेजमेन्टमा दिव्या खड्का र वेल विईङ्ग अफिसरमा रोहन चौधरी चयन भएका छन् ।
अध्यक्षमा चयन भएसँगै रजकले नेपाली विद्यार्थी समुदायको हितमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले यस यात्रामा सबैको साथ र सहयोग रहने विश्वास लिएका छन् ।
यस सोसाईटीले सामाजिक क्षेत्रमा महत्वपुर्ण कामहरु गर्दै आईरहेको छ । हालै मात्र बेङ्गोर युनिभर्सिटीमा अध्ययनरत विधार्थीहरुको सहयोगमा सोसाईटीले हेटौडाको मानवसेवा आश्रमका २८० जना आमाबुवाहरुलाई खाना उपलब्ध गराएको छ ।
अप्ठ्यारोमा परेको नेपाली समुदायलाई र नेपाली विधार्थीहरूलाई निरन्तर सहयोग गरिरहने सोसाईटीको उदेश्य रहेको छ । साथै नेपाली कला, संस्कृति र भेषभुषालाई प्रवर्ध्वन गर्ने र विश्वमाझ चिनाउने जमर्कोका साथ सोसाईटी अगाडी बढीरहेको जनाईएको छ ।