नेभिगेशन
विशेष

डिजिटल रुपान्तरणमा ‘मबिल’: बिल तिर्नदेखि व्यवस्थापनसम्मका काममा सहज

काठमाडौं । नेपालमा रेष्टुराँ तथा उद्योग व्यवसायका लागि नयाँ प्रविधि ‘मबिल’ सफ्टवेयर सार्वजनिक भएको छ। यसले बिलिङ मात्र होइन, सम्पूर्ण व्यवस्थापनलाई सजिलो बनाउँदै डिजिटल रूपान्तरणलाई गति दिने दाबी गरिएको छ।

नेपाल टेक मार्केटको मार्गदर्शनमा ‘थ्री जेनजी ग्रुप अफ स्टार्टअप’ ले विकास गरेको यो सफ्टवेयरले आतिथ्य क्षेत्रका जटिल कामलाई सहज बनाउँदै व्यवसायलाई आधुनिक बनाउन मद्दत गर्ने अपेक्षा राखिएको छ।

‘मबिल’ लाई प्रयोगकर्ता–मैत्री इन्टरफेस र शक्तिशाली विशेषतासहित तयार गरिएको छ। स्थापित रेष्टुराँदेखि नयाँ उद्यमीसम्म सबैका लागि उपयुक्त मानिएको यस सफ्टवेयरले सञ्चालनलाई किफायती, छिटो र प्रभावकारी बनाउनेछ।

विकासकर्ताहरुका अनुसार ‘मबिल’ केवल बिलिङ सफ्टवेयर नभई पूर्ण रेष्टुराँ व्यवस्थापन समाधान हो। यसले अर्डर लिनेदेखि लेखा व्यवस्थापन, स्टक ट्रयाकिङ र मेनु व्यवस्थापनसम्म सजिलो बनाउँछ।

मोबाइल एपमार्फत वेटरले टेबलमै अर्डर इनपुट गर्दा तुरुन्तै किचनमा पठाउन सकिने प्रणालीले सेवा छिटो र व्यवस्थित हुने बताइएको छ। यसले व्यस्त समयमा समेत ग्राहक सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ।

लेखा व्यवस्थापनका लागि यसले सामान्य लेजर अभिलेख राख्न, भौचर प्रविष्ट गर्न, आय–व्यय ट्र्याक गर्न र ट्रायल ब्यालेन्स तथा आय विवरणजस्ता प्रतिवेदन स्वचालित रूपमा तयार गर्ने सुविधा दिन्छ। स्टक व्यवस्थापन प्रणालीले वास्तविक–समयमा सामग्रीको स्थिति देखाउने, स्टक कम हुँदा सूचना दिने र आपूर्ति–माग सन्तुलनमा मद्दत गर्नेछ।

नेपाल टेक मार्केटका आईसीटी विज्ञ चिरञ्जीवी अधिकारीले ‘मबिल’ नेपाली व्यवसायका लागि उपयोगी र समयानुकूल सफ्टवेयर भएको दाबी गरेका छन्। सीटीओ मंगल कृष्ण प्रधानको नेतृत्वमा विकास टोलीले ‘नवीनतम प्रविधि र प्रयोगकर्ता मैत्री अनुभव’ मा विशेष ध्यान दिएको बताइएको छ।

जेन–जेड पुस्ताले अघि सारेको व्यवसायिक आन्दोलनसँग जोडिएको यो परियोजना “स्थानीय रूपमा काम, विश्वव्यापी रूपमा सोच” भन्ने अवधारणामा आधारित रहेको निर्माण कम्पनीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्