काठमाडौं । थारु आयोगबाट अध्ययन तथा अनुसन्धान गरी प्रकाशित गरिएको प्रतिवेदनहरु सार्वजनिक गरिएको छ ।
शुक्रबार थारु आयोगको कार्यालयमा आयोजित कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको हातबाट उक्त प्रतिवेदनहरु सार्वजनिक गरिएको हो ।
आयोगका कार्यवाहक अध्यक्ष सुवोध सिंह थारुको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा थाकस केन्द्रीय सभापती प्रेमीलाल चौधरी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य डा. कृष्णराज सर्वहारी, विभिन्न आयोगका अध्यक्षहरुको साथै थाकसका विभिन्न भातृ संघसंस्थाहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सार्वजनिक गरिएको अध्ययन तथा अनुसन्धान प्रतिवेदनहरुमा "थारु मानक भाषा लेखनशैली निर्देशिका", "मुक्त कमैया तथा कमलरीहरुको अवस्था", "थारु समुदायको खाद्य परिकार", "थारु जातिको लोक चित्रकला", "थारु समुदायः सिकल सेल एनेमिया र बिटा थालसेमिया" र "थारु समुदायको बलिदानीको इतिहास" रहेको छ ।

यी हुन् थारु आयोगद्वारा प्रकाशित ६ वटा अध्ययन तथा अनुसन्धान प्रतिवेदनहरु
१. थारु मानक भाषा लेखनशैली निर्देशिका मुख्य अध्ययनकर्ता - भुलाइ चौधरी, सह- अध्ययनकर्ता महेश कुमार चौधरी र अरु अधययनकर्ताहरु
२. मुक्त कमैया तथा कम्लहरीहरुको अवस्था - सन्तोष दहित अध्ययन संयोजक , शिवा चौधरी -सह संयोजक
३. थारु समुदायको खाद्य परिकार - संयोजक भुलाइ चौधरी, सह-संयोजक बुद्धसेन चौधरी र अरु सहयोगी अध्ययनकर्ता
४. थारु जातिको लोक चित्रकला - प्रदिप अधिकारी मुख्य अनुसन्धानकर्ता र रामसागर चौधरी सह-अनुसन्धानकर्ता
५. थारु समुदाय: सिकेल सेल एनेमिया र बिटा थालसेमिया
६. थारु समुदायको बलिदानीको इतिहास - मुख्य अनुसन्धानकर्ता - कृष्णराज सर्वहारी, सहायक भुमिका थारु



