नेभिगेशन
विशेष

प्रीती कुमारी चौधरीले जितिन् ‘मिसेस जितिया २०२६’ को उपाधि

सुनसरी । थारु चलचित्र तथा साँस्कृतिक संघद्धारा आयोजिति ‘मिसेस जितिया २०२६’ को उपाधि प्रीती कुमारी चौधरीले जितेकी छिन् । इटहरीमा सम्पन्न भएको ग्राण्ड फिनालेमा उनले उपाधिसँगै नगद ५० हजार रुपैँया प्राप्त गरेकी छिन् । उनले प्रतियोगीतामा १७ प्रतियोगीलाई पछि पार्दै ताज पहिरिएकी हुन । 

यस्तै बिनिता चौधरी प्रथम रनरअप र लक्ष्मी चौधरी दोस्रो रनरअप बनेकी छन् भने उनीहरुले क्रमश ३० हजार र २० हजार रुपैया प्राप्त गरेको आयोजकले जनाएको छ। प्रतियोगिताको पब्लिक च्वाइस अवार्ड भने मुनिता चौधरीले जितिन् ।

महिलाको नेतृत्व तथा व्यक्तित्व विकाससँगै थारु समुदायको विशेष पर्व जितियाको साँस्कृतिक महत्व, परम्परा र मौलिकताबारे जानकारी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरी, नेपालकी अध्यक्ष तथा ‘मिसेस जितिया २०२६’ की सीईओ जानकी चौधरीले बताईन् । उनले कार्यक्रम सफल बनाउन साथ सहयोग गर्नुहुने संघ संस्था तथा व्यक्तित्वहरुलाई धन्यवाद समेत व्यक्त गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्