नेभिगेशन
देश

सूचनाको हक सम्बन्धी अभ्यास अझै पनि अपूर्ण छ : महान्यायाधिवक्ता भण्डारी

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले नेपालमा सूचनाको हकसम्बन्धी अभ्यास अझै पूर्ण रुपमा कार्यान्वयन नभएको बताएका छन्।

अन्तर्राष्ट्रिय सूचना दिवस २०२५ सेप्टेम्बर २८ का अवसरमा आयोजित कार्यक्रममा उनले सरकारी निकायलाई सूचना सहज रुपमा उपलब्ध गराउने जिम्मेवारी निर्वाह गर्न आग्रह गरिन्।

भण्डारीका अनुसार सूचनाको बुझाइमा अझै पनि भिन्नता छ। उनले भनिन्, “सूचना भनेको तत्काल उपलब्ध गरिनुपर्ने कुरा हो। सात दिनभित्र दिनुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि व्यवहारमा निवेदन थन्क्याएर ढिला गर्ने प्रवृत्ति छ, जुन नियम विपरीत हो।”

उनले सूचनाको हक कार्यान्वयनमा राज्यको गम्भीरता अभाव रहेको टिप्पणी गर्दै यस क्षेत्रलाई व्यवहारमा उतार्न अझ धेरै काम गर्न बाँकी रहेको बताइन्। साथै, देशमा पर्याप्त प्राकृतिक स्रोत र सम्पदा हुँदाहुँदै पनि त्यसको उपयोग गर्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनले स्रोत साधनको उचित प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्