नेभिगेशन
देश

जेनजी आनदोलनको क्षतिका लागि २२ अर्ब २५ करोड भन्दा बढीको बीमा दाबी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बीमा दाबी दर्ता भएको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार भदौ २३ गतेदेखि असोज ५ गतेसम्म विभिन्न बीमा कम्पनीहरूमा जम्मा २,४७८ दाबी दर्ता भएका छन्। तीमध्ये सबैभन्दा ठूलो रकम ओरियण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा दर्ता भएको छ, जसले ७३ दाबीका लागि ५२ करोड २९ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ। त्यसपछि सिद्धार्थ प्राइम इन्स्योरेन्समा २७९ दाबीका लागि ५० करोड ८३ लाख रुपैयाँ बराबरको क्षति दाबी परेको छ।

यस्तै, आईजीआई प्रुडेनशियल इन्स्योरेन्समा १७० दाबीबाट २७ करोड ६८ लाख रुपैयाँ, शिखर इन्स्योरेन्समा ३७४ दाबीबाट २३ करोड ९३ लाख रुपैयाँ, र सगरमाथा लुजविनी इन्स्योरेन्समा २५७ दाबीबाट १५ करोड ४५ लाख रुपैयाँ क्षति देखिएको छ।

बीमा प्रकार अनुसार सबैभन्दा धेरै दाबी सम्पत्ति बीमामा परेका छन्। यस अन्तर्गत ५३८ दाबीमा १८६ अर्ब १० करोड रुपैयाँभन्दा बढी भुक्तानी माग गरिएको छ। त्यसपछि १,७७८ मोटर बीमा दाबीमा २९ अर्ब ५२ करोड रुपैयाँ मागिएको छ।

प्रदेशगत आधारमा हेर्दा बागमती प्रदेशमा सबैभन्दा बढी दाबी दर्ता भएको छ। बागमतीमा मात्र १,३४३ दाबीबाट १७९ अर्ब ७७ करोड रुपैयाँ दाबी भएको छ भने कोशी प्रदेशमा ३२२ दाबीमार्फत १६ अर्ब ५० करोड रुपैयाँ माग गरिएको छ।

बीमा प्राधिकरणले पछिल्लो असहज परिस्थितिका कारण दाबी संख्यामा ठूलो वृद्धि भएको बताएको छ। साथै, बीमा कम्पनीहरूलाई क्षतिपूर्ति भुक्तानीमा ढिलाइ नगरी छिटोछरितो टुंगो लगाउन निर्देशन दिइएको छ।

Photo-(1)-(5)-1758540040.png
Photo-(2)-(4)-1758540040.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्