अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आगामी विजयादशमी (दशैं) २०८२ का लागि सनातन हिन्दू धर्मावलम्बीहरूले टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ। समितिको अध्यक्ष प्राडा माधव भट्टराईको अध्यक्षतामा बसेको बैठकले विभिन्न देशका स्थानीय तिथि र समयअनुसार टीकाको साइत तोकेको हो।
समितिले विश्वभरबाट आएको जिज्ञासालाई ध्यानमा राख्दै शास्त्रीय मान्यतानुसार पर्व स्थानीय तिथि र समयअनुसार मनाउनुपर्ने भएकाले फरक–फरक देशमा फरक साइत निर्धारण गरिएको जानकारी दिएको छ।
नेपालमा उत्तम साइत
काठमाडौं उपत्यकामा टीका लगाउने उत्तम समय असोज १६ गते बिहान ११ः५३ बजे निर्धारण गरिएको छ।
अन्य मुलुकमा टीकाको समय
भारत (दिल्ली): अक्टोबर २, बिहान ११:४९ बजे
अमेरिका (न्यूयोर्क): अक्टोबर १, बिहान ११:०५ बजे
अमेरिका (क्यालिफोर्निया): अक्टोबर १, बिहान ११:२५ बजे
क्यानाडा (टोरन्टो): अक्टोबर १, बिहान ११:५५ बजे
अष्ट्रेलिया (सिड्नी): अक्टोबर २, बिहान ११:३१ बजे
अष्ट्रेलिया (मेलबर्न): अक्टोबर २, बिहान ११:५३ बजे
जापान (टोकियो): अक्टोबर २, बिहान ११:३१ बजे
दक्षिण कोरिया (सियोल): अक्टोबर २, बिहान १०:५७ बजे
युएई (अबुधाबी): अक्टोबर २, बिहान १०:५५ बजे
कतार (दोहा): अक्टोबर २, बिहान १०:१३ बजे
मलेसिया (क्वालालम्पुर): अक्टोबर २, बिहान ११:११ बजे
सिंगापुर: अक्टोबर २, बिहान ११:०९ बजे
लन्डन (बेलायत): अक्टोबर २, बिहान ०९:१७ बजे
पेरिस (फ्रान्स): अक्टोबर २, बिहान ०९:५७ बजे
ओस्लो (नर्वे): अक्टोबर २, बिहान १०:०३ बजे
लिस्बन (पोर्चुगल): अक्टोबर २, बिहान ०९:२३ बजे
टेल अविभ (इजरायल): अक्टोबर २, बिहान ११:३५ बजे
जिनेभा (स्विट्जरल्याण्ड): अक्टोबर २, बिहान १०:२५ बजे
हङकङ: अक्टोबर २, बिहान ११:४५ बजे
साउदी अरेबिया: अक्टोबर २, बिहान १०:५५ बजे
याङ्गुन (म्यानमार): अक्टोबर २, बिहान १०:२७ बजे
माल्टा: अक्टोबर २, बिहान १०:५५ बजे