नेभिगेशन
देश

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका संशोधन गर्दै नयाँ मिति सार्वजनिक गरेको छ। नयाँ तालिकाअनुसार परीक्षा असोज ७ र ८ गते सञ्चालन हुने भएको हो।

यसअघि परीक्षा भदौ २८ र २९ गते गर्ने तय भए पनि आन्दोलनका कारण तालिका परिवर्तन गरिएको बोर्डले जनाएको छ।

बोर्डको विवरणअनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) र असोज ८ गते अनिवार्य नेपाली (००२१) विषयको परीक्षा सञ्चालन हुनेछ।

एक विषय मात्र दिने विद्यार्थीले पहिलो दिनमै परीक्षा दिनुपर्नेछ भने दुई विषयमा पूरक परीक्षा दिनेहरूले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) परीक्षा दिनुपर्नेछ। दुई विषय दिनुपर्ने विद्यार्थीका लागि दोस्रो दिन आफूले छानेको विषयमध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुने व्यवस्था मिलाइएको छ।

बोर्डले यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्