नेभिगेशन
देश

राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले आजलाई देशव्यापी सार्वजनिक बिदा घोषणा गरेको छ। भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा आयोजित प्रदर्शनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूप्रति सम्मान प्रकट गर्न राष्ट्रिय शोक मनाइँदैछ।

मन्त्रिपरिषद्को भदौ ३० गतेको बैठकले असोज १ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सो निर्णयअनुसार आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित दूतावास तथा नियोगहरू बन्द रहनेछन्। साथै, राष्ट्रिय झण्डा आधा झुकाएर मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिनेछ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनामा भनिएको छ, “जेनजी प्रदर्शनमा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको जानकारी गराइन्छ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्