नेभिगेशन
देश

आन्दोलनमा ज्यान गुमाउनेहरुको सम्मानमा असोज १ गते शोक दिवस मनाउने

काठमाडौं । नेपाल सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुलाई शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ गतेलाई शोक दिवसका रुपमा मनाउने निर्णय समेत गरेको हो। यस दिन सार्वजनिक बिदा दिइने र सरकारी निकायमा राष्ट्रिय झण्डा आधा झुकाइने गृह तथा कानून मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

मन्त्री अर्यालका अनुसार, मृतकका परिवारलाई क्षतिपूर्तिका रुपमा १० लाख र अन्य खर्च शीर्षकमा थप ५ लाखसहित कुल १५ लाख रुपैयाँ अर्थमन्त्रालयमार्फत उपलब्ध गराइनेछ।

त्यस्तै, सरकारले आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरेको छ। साथै, दिवंगतहरुको स्मरणमा "जेनजी जागरण स्मारक पार्क" स्थापना गरिने घोषणा गरिएको छ।

Photo-(2)-1757977426.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्