नेभिगेशन
देश

जेनजी आन्दोलनका तस्बिर–भिडियो उपलब्ध गराउन प्रहरीको आग्रह

काठमाडौं — नेपाल प्रहरीले भदौ २३ र २४ गते काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा भएको जेनजी आन्दोलनसँग सम्बन्धित तस्बिर र भिडियो माग गरेको छ।

शुक्रबार जारी सूचनामार्फत प्रहरीले आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट, त्रास सिर्जना गर्ने गतिविधि र अन्य अप्रिय घटनाहरूको तथ्य–प्रमाणसहितका तस्बिर, भिडियो तथा सामाजिक सञ्जालका लिङ्क उपलब्ध गराउन आग्रह गरेको हो।

प्रहरीले घटनाको अनुसन्धानमा सहयोग पुर्‍याउने उद्देश्यले सामग्री उपलब्ध गराउन अनुरोध गर्दै गोपनीयता कायम राखिने आश्वासन दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्