नेभिगेशन
देश

नेपालभरका बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हालको असामान्य परिस्थिति मध्यनजर गर्दै बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

प्राधिकरणले मंगलबार जारी गरेको सूचनामा सुरक्षा अवस्था सामान्य नहुँदासम्म सबै बीमा कम्पनीका शाखा तथा उपशाखामा वर्क फ्रम् होम व्यवस्था मिलाउन आग्रह गरिएको छ।

यससँगै बीमा कम्पनीहरूले आफ्ना कर्मचारी तथा भौतिक सम्पत्तिको सुरक्षामा विशेष ध्यान दिनुपर्ने प्राधिकरणको निर्देश छ। साथै, सुरक्षा निकायको आदेशलाई पूर्ण पालना गर्न र कुनै अवाञ्छित गतिविधि भएमा तुरुन्तै सम्बन्धित निकायलाई जानकारी गराउन पनि आग्रह गरिएको छ।

बीमा सेवा अबरुद्ध नहोस् र देशमा उत्पन्न अस्थिर परिस्थितिको सामना गर्न यो कदम चालिएको प्राधिकरणले जनाएको छ। नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोल, ललितपुरमा अवस्थित छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्