काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सोमबार पदबाट राजीनामा दिएका छन् ।
नेपाली कांग्रेसभित्र डा. शेखर कोइराला समूहको भागमा मन्त्री बनेका चौधरीले हालै चर्किएको जेन जेड आन्दोलनपछिको परिस्थितिलाई ध्यानमा राख्दै पद त्याग गरेका हुन् ।
आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएपछि नेता कोइरालाले चौधरीलाई जिम्मेवारी वहन गर्दै राजीनामा दिन निर्देशन दिएका थिए ।