काठमाडौं । जेन–जी पुस्ताको प्रदर्शन हिंसात्मक रूप लिने आशंका बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार अपरान्हदेखि कर्फ्यु आदेश जारी गरेको छ।
प्रशासनले दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्म काठमाडौं महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु लागू हुने जनाएको छ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम आदेश जारी गर्दै तोकिएका क्षेत्रभित्र सर्वसाधारणको आवतजावत, सभा, जुलुस र प्रदर्शन पूर्णरूपमा निषेध गरिएको जानकारी दिएका छन्।
कर्फ्यु लागू हुने क्षेत्रहरू:
बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म
बानेश्वर चोकदेखि पूर्वतर्फ मिनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म
बानेश्वर चोकदेखि उत्तरतर्फ आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म
बानेश्वर चोकदेखि दक्षिणतर्फ शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म