नेभिगेशन
देश

नेता–सांसदहरु जेनजी पुस्ताको विरोध र्‍यालीमा सहभागी बनेर बाठो नबन्नुहोला : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जेनजी पुस्ताले आयोजना गर्न लागेको विरोध र्‍यालीमा नेताहरू, सांसद तथा अभियन्ताले व्यक्तिगत स्वार्थका लागि सहभागी नहुन आग्रह गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले उक्त र्‍यालीलाई पूर्णतः जेनजी पुस्ताको स्वतःस्फूर्त आन्दोलन भएको स्पष्ट गर्दै, आफूहरूलाई बुझ्नुपर्ने तर ‘बाठो’ बन्ने कोसिस नगर्न चेतावनी दिएका छन्।

उनले लेखेका छन्, “भोलिको र्‍याली जेनजीको हो, जसमा २८ वर्षमुनिका युवाहरू सहभागी हुनेछन्। उनीहरूको इच्छा, सोच र उद्देश्य बुझ्नु महत्त्वपूर्ण छ। नेताहरू, कार्यकर्ता, सांसद वा अभियन्ताले आफ्ना स्वार्थ पूरा गर्न यस आन्दोलनमा मुख नघुसाउनुस्। म उमेरका कारण सहभागी हुन सक्दिनँ तर मेरो पूर्ण समर्थन छ। प्रिय जेनजी, तपाईंहरू कुन किसिमको देश चाहनुहुन्छ भन्ने कुरा भन्नुहोस्।”

जेनजी पुस्ताले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र बढ्दो भ्रष्टाचारविरुद्ध सोमबार (भोलि) देशव्यापी रूपमा स्वतःस्फूर्त विरोध गर्ने तयारी गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्