काठमाडौं । थारु कल्याणकारीणी सभा काठमाडौं उपत्यका कार्य समितिको ९ औं अधिवेसन सम्पन्न भएको छ । अधिवेसनबाट उपत्यका कार्य समितिको नयाँ सभापतिमा शत्रुधन चौधरी सर्वसम्मत चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न भएको ९ औं अधिवेसनबाट शत्रुधन चौधरीको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
नवनिर्वाचित कार्यसमितिले थारु समुदायको हक, अधिकार, भाषा, संस्कृति, परम्परा तथा सामाजिक पहिचानको संरक्षण र प्रवर्द्धनका लागि काम गर्ने अपेक्षा गरिएको छ ।