नेभिगेशन
देश

सामाजिक सेवा र नेतृत्व विकासमा लायन्स क्लबको भूमिका उल्लेख्य

काठमाडौं । परोपकारी संस्था लायन्स क्लबका अगुवाहरुले सामाजिक सेवा र नेतृत्व विकासमा देशभरका क्लबहरुको भूमिका उल्लेख्य रहेको बताएका छन् । देशभर फैलिएका विभिन्न क्लबहरुले समाज विकास र परोपकारी काममा सक्रियता जनाएको पनि उल्लेख गरे ।  लायन्स क्लब अफ काठमाडौं, लियो क्लब अफ काठमाडौं मीनभवन र लियो क्लब अफ काठमाडौं सिस्टको नयाँ कार्य समितिको पदभार ग्रहण तथा परिचयात्मक कार्यक्रममा लायन्स क्लब अफ काठमाडौंका निवर्तमान अध्यक्ष लायन गोविन्द प्रसाद गौतमले सामाजिक सेवा र नेतृत्व विकासमा क्लबहरुले अब्बल भूमिका निर्वाह गरिरहेको बताए ।

लायन नरेश खड्काले निस्वार्थ सेवा नै सार्थक जीवनको आधार भएको उल्लेख गर्दै क्लबले शैक्षिक क्षेत्रमा पनि उल्लेख्य उपलब्धी हासिल गरेको बताए । उनले लायन्स क्लब अफ काठमाडौंमार्फत शैक्षिक छात्रबृत्ति कोषमार्फत हालसम्म १३ लाख रुपैंयाँ बढी जम्मा गरिसकेको जनाए । लायन श्याम बहादुर श्रेष्ठले फाउन्डेसन स्थापना गरेर थप सेवा गरिरहेको बताए । ५३ बर्ष पूरा गरिसकेको लायन्स क्लब अफ काठमाडौंले वानेश्वरमा आफ्नै भवन स्थापना गरिसकेको र लायन आँखा अस्पताल समेत संचालनमा राखेको जनाइएको छ । सो अवसरमा लायन योगेन्द्र रुम्बाले बर्ष २०२५–२६ को क्लब अफिसर बोर्ड डाइरेक्टर गठनका लागि जिम्मेवारी पाएको जनाउँदै पदभार ग्रहण गरिने पदाधिकारीहरुको नाम वाचन गरे । उनले क्लब अध्यक्षमा केशव लोचन शर्माको नाम सुनाए । 

Photo-(1)-(31)-1762591183.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्