नेभिगेशन
खेलकुद

महिला क्रिकेट टोलीले विश्वकप क्रिकेट जितेपछि भारतभर खुशीयाली

भारतीय महिला क्रिकेट टोलीले एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेपछि भारतमा खुशीयाली मनाइएको छ । आइतबार मुम्बईमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलोपटक उपाधि जितेपछि भारतमा ‘राष्ट्रिय उत्सव’ मनाइएको हो । भारतीय टोलीले इतिहासमा पहिलो पटक आईसीसी महिला विश्वकप २०२५ को ट्रफी उचालेपछि राष्ट्र उत्सवमा गुन्जिएको हो । कप्तान हरमनप्रीत कौर नेतृत्वमा स्मृति मन्धाना र दीप्ती शर्माको अलराउन्ड प्रतिभाले भारतको सफलतालाई मूर्त रूप दिएको थियो ।

बलरहरूले अन्तिम ओभरहरूमा आफ्नो प्रश्तुतीलाई नियन्त्रणमा राखिनुलाई एउटा अविस्मरणीय विजयका रुपमा लिइएको थियो ।  यता, प्रधानमन्त्री नरेन्द्र मोदीले टोलीलाई बधाई दिँदै जितलाई ‘प्रत्येक भारतीयका लागि गर्वको क्षण’ भनेका छन् । दिल्लीदेखि मुम्बई र लखनऊदेखि चेन्नईसम्म, प्रशंसकहरूले आतिशबाजी, ‘भारत, भारत’ को नारा र झन्डा फहराउँदै उत्सव मनाए। क्रिकेट समर्थकहरुले यो जितलाई भारतमा महिला क्रिकेटको लागि नयाँ युगको सुरुवातको रूपमा स्वागत गरे। भारतले यसअघि पनि २ पटक फाइनल खेलेपनि उपाधि जित्न सकेको थिएन । दक्षिण अफ्रिकाले पहिलोपटक फाइनलमा स्थान बनाएको थियो ।

Screenshot-2025-11-03-214127-1762166509.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्