नेभिगेशन
देश

काठमाडौंको करखुसी खोला छेउमा पहिरो, सडक भासियो

काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गई सडक भासिएको छ । गए रातिदेखि भइरहेको निरन्तर वर्षाका कारण आज बिहान ९ बजे पहिरो जाँदा उक्त सडक छेउका घरहरू जोखिममा परेको हो । काठमाडौं महानगरपालिकाका अनुसार सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा प्रतिनिधिहरू खटिएका छन् भने थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको छ । बस्ती डुबानको कारण समस्या उत्पन्न भएमा नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको महानगरपालिकाले जानकारी दिएको छ। जोखिमयुक्त बस्तीहरूलाई सतर्क रहन समेत अनुरोध गरेको छ । 


तस्विरहरु ः काठमाडौं महानगरपालिका
कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरूः
१६६००१०५५११
०१५९०१७६४
०१५९०१७६३ (काठमाडौं प्रहरी) 

Photo-(11)-(1)-1759579164.jpg
Photo-(8)-(2)-1759579174.jpg
Photo-(6)-(2)-1759579176.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्