नेभिगेशन
खेलकुद

वेस्ट इण्डिजविरुद्धको सिरिजमा नेपाल च्याम्पियन

काठमाडौं । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको टी–२० सिरिज नेपालले जितेको छ । तीन खेलको सिरिज नेपालले २–१ ले जितेको हो । सुरुका दुई खेलमा लगातार विजयी भएर सिरिज कब्जा गरेको नेपाल फाइनलमा भने वेस्ट इन्डिजसँग १० विकेटले पराजित भयो । पसयुक्त अरब इमिरेट्स ९यूएई०को शारजाह क्रिकेट मैदानमा भएको फाइनलको सुरुमा ब्याटिङ गरेको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १२२ रन जोडेको थियो । उक्त लक्ष्य वेस्ट इन्डिजले बिना कुनै विकेटको क्षतिमा १२ ओभरमै लक्ष्य भेट्टाएको हो । तीन खेलको उक्त सिरिजमा वेस्ट इण्डिजको यो पहिलो जित हो । नेपालले पहिलो खेलमा वेष्ट इण्डिजलाई १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्