नेभिगेशन
खेलकुद

भारतले उचाल्यो एसिया कपको उपाधि

काठमाडौं । भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ। गएराति यूएईमा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै ट्रफी उचाल्यो।

टस जितेर फिल्डिङ रोजेको भारतलाई पाकिस्तानले १४७ रनको लक्ष्य दिएको थियो। तर भारतले १९.४ ओभरमै पाँच विकेटको क्षतिमा १५० रन जोड्दै सजिलै लक्ष्य पार गर्‍यो।

पाकिस्तानले आक्रामक सुरुवात गरे पनि पछिल्लो क्रममा रन गति कायम राख्न नसक्दा सबै विकेट १९.१ ओभरमै गुमाउँदै १४६ रनमै सीमित भयो।

भारतको जितमा तिलक बर्माले अर्धशतकीय पारी खेले। उनले ५३ बलमा नटआउट ६९ रन बनाएर टोलीलाई जितसम्म पुर्‍याए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्