नेभिगेशन
देश

टुँडिखेलमा सेनाद्वारा फूलपाती बढाइँ गरिँदै

काठमाडौं । बडादशैँको अवसरमा नेपाली सेनाले आज दिउँसो टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष फूलपाती बढाइँ समारोह आयोजना गर्न लागेको छ।

कार्यक्रममा सैनिक परेड, दुर्गा नाचसहित सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ लेखिएको व्यानर प्रदर्शन र पुष्पवृष्टि हुनेछ। फूलपाती बढाइँलाई धर्म, संस्कृति र परम्परासँग जोडिएको मौलिक उत्सवको रूपमा मानिन्छ।

राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने समारोहमा राइफल र तोपबाट सलामीसहित बढाइँ प्रस्तुत गरिनेछ।

परम्परा अनुसार गोरखाबाट ल्याइने जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत हेरेर भित्र्याएपछि टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्