नेभिगेशन
देश

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु, १९ जना घाईते

सुर्खेत । सुर्खेत र सल्यानमा आइतबार बिहान भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा रुकुम पश्चिमको बाफिकोटबाट दाङतर्फ जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा बाफिकोट–५ का प्रकाश केसीसहित तीन जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। अन्य दुई मृतकको पहिचान हुन बाँकी छ। पाँच जना सवार उक्त गाडीमा दुई जना घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि नेपालगन्ज पठाइएको छ।

त्यस्तै, बाँके नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ११२९ नम्बरको ईभी गाडी आइतबार बिहान ४ बजे वीरेन्द्रनगर–११ ठूलो बिउरेनीमा दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। घाइतेहरुको कर्णाली प्रादेशिक अस्पताल कालागाउँ र देउती नर्सिङहोममा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्