नेभिगेशन
देश

नेपाल प्रहरीमा नयाँ भर्ना खुला, करिब १६ सय दरखास्त आह्वान

काठमाडौँ । नेपाल प्रहरीले नयाँ भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै करिब १६ सय पदका लागि दरखास्त आव्हान गरेको हो।

जारी सूचनाअनुसार १,५५३ जना प्रहरी जवान, प्रहरी कार्यालय सहयोगी तर्फ ११ जना हजाम, १५ जना कुचीकार र १५ जना खेलाडी गरी कुल १,५९४ जनाको भर्ना खुलाइएको छ।

प्रहरी जवानका लागि कम्तीमा मान्यता प्राप्त विद्यालयबाट कक्षा ८ पास गरेको हुनुपर्ने छ भने कार्यालय सहयोगीका लागि साधारण लेखपढ गर्नसक्ने योग्यता तोकिएको छ।

योग्यतासम्पन्न इच्छुक नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेभित्र तोकिएको स्थानमा उपस्थित भई दरखास्त फाराम बुझाउन सक्नेछन्।

जवान, हजाम र कुचीकारका लागि सातै प्रदेशका प्रहरी कार्यालय, सबै जिल्ला प्रहरी कार्यालय तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रहरी परिसरमा फाराम बुझाउन सकिनेछ। खेलाडी श्रेणीमा आवेदन दिन चाहनेले भने काठमाडौंको महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा फाराम पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

Screenshot-2025-09-26-213811-1758886680.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्