नेभिगेशन
खेलकुद

दोस्रो महिला फुटसल च्याम्पियनसिपको कार्तिक १० गते हुँदै, ३२ टिमले सहभागिता जनाउने

काठमाडौं । एलिसन स्पोर्ट्स प्रालिले आयोजना गर्ने दोस्रो महिला फुटसल च्याम्पियनसिप–२०८२ आगामी कार्तिक १० गते देखि सुरु हुने भएको छ। प्रारम्भमा भाद्र १८ गते गर्ने भनिएको प्रतियोगिता विशेष कारणले सारिएको आयोजकले जनाएको छ।

नेपालभरका महिला खेलाडीलाई फुटबल र फुटसलमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुने यो प्रतियोगितामा ३२ टिम सहभागी गराउने लक्ष्य राखिएको छ। हरेक टिममा ८ खेलाडी, १ कोच र १ टिम म्यानेजरसहित १० जनाको टोली रहनेछ।

आयोजक संस्थाका अध्यक्ष सगुन थापा मगरका अनुसार १६ वर्षमुनिका खेलाडीले जुनियर टिमतर्फ र १६ वर्षमाथिका खेलाडीले सिनियर टिमतर्फ प्रतिस्पर्धा गर्न पाउनेछन्। साथै, सिनियर समूहमा राष्ट्रिय खेलाडी वा ए–डिभिजन खेलिसकेकाले समेत भाग लिन सक्नेछन्।

पुरस्कार तथा नगद राशी

  • सिनियर विजेता टिम : रु. ५०,०००, ट्रफी, मेडल र प्रमाणपत्र

  • सिनियर उपविजेता टिम : रु. २५,०००, ट्रफी, मेडल र प्रमाणपत्र

  • सिनियर उत्कृष्ट गोलकिपर/खेलाडी : जनही रु. २,५००, ट्रफी, मेडल र प्रमाणपत्र

  • जुनियर विजेता टिम : रु. २०,०००, ट्रफी, मेडल र प्रमाणपत्र

  • जुनियर उपविजेता टिम : रु. १०,०००, ट्रफी, मेडल र प्रमाणपत्र

  • जुनियर उत्कृष्ट गोलकिपर/खेलाडी : जनही रु. १,५००, ट्रफी, मेडल र प्रमाणपत्र

उपाध्यक्ष एलिना मगरका अनुसार टिम दर्ता आवेदन कार्तिक ७ गते बेलुकी ५ बजेसम्म बुझाइसक्नुपर्नेछ। सिनियरतर्फ ५,५०० रुपैयाँ र जुनियरतर्फ ३,००० रुपैयाँ दर्ता शुल्क तोकिएको छ।

गत वर्ष पहिलो संस्करणमा २० टिम सहभागी भएका थिए भने यसपटक कम्तीमा ३२ टिम सहभागी हुने आयोजकको अपेक्षा छ। एलिसन स्पोर्ट्सका अनुसार प्रतियोगिताको उद्देश्य नयाँ महिला खेलाडीलाई उत्प्रेरित गर्नुका साथै राष्ट्रिय स्तरसम्म पुग्ने अवसर उपलब्ध गराउनु हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्