नेभिगेशन
देश

सर्पको टोकाईबाट बाजुराका एक जनाको मृत्यु

बाजुरा । बाजुराका सर्जन बुढाको सर्पको टोकाइबाट ज्यान गएको छ। त्रिवेणी नगरपालिका–चौसाल निवासी ४० वर्षीय बुढाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उप–प्रमुख कमला कुमारी जैशी न्यौपानेले जानकारी दिइन्।

दृष्टिविहीन बुढालाई मंगलबार राति कैलालीको गौरीगंगा नगरपालिका–राजीपुरमा सर्पले टोकेको थियो। तत्कालै अस्पताल पु¥याइए पनि उपचारको क्रममा उनको मृत्यु भएको हो।

बुढा स्थानीय कलाकारसमेत थिए। सुरिलो आवाजका धनी, प्रतिभाशाली दृष्टिविहीन गायक बुढाको निधनप्रति त्रिवेणी नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ। नगरपालिकाले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्