नेभिगेशन
खेलकुद

एसिया कप : आज भारत र बंगलादेश भिड्ने

काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटको सुपर फोर चरणअन्तर्गत आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ।
खेल बुधबार साँझ ८ः१५ बजे सुरु हुनेछ।

यस खेलको नतिजाले सुपर फोरमा स्थान सुरक्षित गर्ने टोलीलाई निर्णायक बनाउनेछ। मंगलबार राति सम्पन्न खेलमा पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले पराजित गरेको थियो। लगातार हार बेहोरेको श्रीलंका अहिलेसम्म अंकविहीन छ र अब अन्तिम खेल भारतसँग खेल्नेछ। पाकिस्तानले भने दुई खेलबाट दुई अंक जोडिसकेको छ।

यस पटकको एसिया कपमा आठ टोली सहभागी थिए। तर आयोजक यूएई, हङकङ, ओमान र अफगानिस्तान समूह चरणमै बाहिरिएपछि भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका सुपर फोरमा प्रवेश गरेका हुन्।
सुपर फोरमा शीर्ष स्थान हासिल गर्ने टोलीले सेप्टेम्बर २८ मा हुने फाइनलमा स्थान बनाउन सक्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्