नेभिगेशन
देश

काठमाडौं महानगर ३२ वडाको सेवा अस्थायी रुपमा बन्द

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ नम्बर वडाले आफ्ना सबै नियमित सेवा अस्थायी रूपमा बन्द गर्ने भएको छ। अर्को सूचना प्रकाशित नभएसम्म सेवाग्राहीहरूले कार्यालयमार्फत सुविधा पाउने छैनन्।

आज जारी सूचनामा वडाले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले भवन, फर्निचर र कार्यालय उपकरणमा ठूलो क्षति पुगेको जानकारी दिएको छ।

हाल क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, मर्मत तथा आवश्यक नयाँ उपकरण जडानको काम तीव्रगतिमा भइरहेको कार्यालयले जनाएको छ।

वडाले आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द हुने उल्लेख गर्दै सेवाग्राहीहरूलाई परेको असुविधाप्रति क्षमायाचना गरेको छ। साथै, सेवा कहिलेदेखि पुनः सञ्चालन हुने भन्नेबारे समयमै सूचना सार्वजनिक गरिने आश्वासन पनि दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्