नेभिगेशन
खेलकुद

एसिया कप :आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै

एसिया कप क्रिकेटअन्तर्गत आज (आइतबार) भारत र पाकिस्तानबीच रोमाञ्चक भिडन्त हुने भएको छ। खेल यूएईमा राति ८ः१५ बजेबाट सुरु हुनेछ।

समूह चरणमा दुवै टिमले एक–एक खेल जितीसकेका छन्। समान दुई–दुई अंक भए पनि रनरेटका आधारमा भारत समूह ‘ए’को शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा रहेको छ।

भारतले आफ्नो पहिलो खेलमा यूएईलाई ९ विकेटले पराजित गरेको थियो भने पाकिस्तानले ओमानविरुद्ध ९३ रनको फराकिलो जित निकालेको थियो।

चालु संस्करणको एसिया कपमा दुई समूहमा विभाजन गरी आठ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्