नेभिगेशन
देश

अन्तरिम सरकार गठनबारे आज पनि निर्णायक छलफल, सुशीला कार्कीको नेतृत्वमा सहमति नजिक

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको प्रश्नमा शुक्रबार पुनः निर्णायक स्तरको छलफल हुने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दिनभर र रातिसम्म नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा कार्की र संविधानविद्हरुसहित लामो बैठक गरेका थिए। तर, संसद विघटन गर्ने कि नगर्ने भन्ने जटिल विषयमा सहमति नजुटेकाले छलफल निष्कर्षमा पुग्न सकेन।

आज शुक्रबार बिहान ९ बजेदेखि फेरि बैठक बस्ने तयारी गरिएको स्रोतले जनाएको छ। यसै बैठकमार्फत अन्तिम टुंगो निकाल्ने अपेक्षा गरिएको छ।

यद्यपि, अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्षको भूमिकामा दिने विषयमा प्रमुख दलबीच प्रारम्भिक सहमति भइसकेको जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्