नेभिगेशन
देश

जेनजीहरुबीच नै एकआपसमा लफडा, कुटपिटमै उत्रिए

काठमाडौं । सामाजिक सञ्जालमा विभिन्न समूहमा विभाजित जेनजी समर्थकबीच आन्तरिक विवाद बढ्दै गएको छ। बिहीबार सैनिक मुख्यालय परिसरमा भेला भएका युवामध्ये केहीबीच आपसी झडप समेत भएको हो।

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व को लिने भन्ने विषयमा अलग–अलग धारणा सार्वजनिक भएपछि उनीहरूबीच विवाद चर्किएको हो। प्रस्तावित नेताको सूचीमा हर्क साम्पाङ, सुशीला कार्की, कुलमान घिसिङ र बालेन साहको नाम अगाडि ल्याइएपछि समर्थकहरूबीच मनमुटाव सुरु भएको बताइएको छ।

आफ्ना–आफ्ना रोजाइका नेताको पक्षमा अडान लिँदा समूहबीच वाकयुद्ध मात्रै नभई सडकमै कुटाकुटमा उत्रिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्