काठमाडौं । जेन–जीका प्रतिनिधिहरूबीच हाल जारी छलफलमा मुलुकमा सैनिक शासन रोक्ने र भारतीय सेना प्रवेश हुन नदिने विषय मुख्य एजेन्डा बनेको छ।
राष्ट्रपति र प्रधानसेनापतिले वार्ताका लागि आह्वान गरेपछि जेन–जी पक्षले एजेन्डा तय गर्ने उद्देश्यले विभिन्न कोणबाट छलफल गरिरहेको हो। सहभागी नेताहरूले मुलुकमा विदेशी हस्तक्षेप र सैनिक शासन दुबैलाई रोक्नुपर्ने आवश्यकता औंल्याउँदै वार्ताको तयारी छिट्टै सम्पन्न गर्नुपर्ने धारणा राखेका छन्।
भर्चुअल बैठकमा केही नेताहरूले आफूहरू पर्याप्त परिपक्व नभएको भन्दै अनुभवी र क्षमतावान् नेतृ सुशीला कार्कीलाई सरकार प्रमुखका रूपमा अघि सार्नुपर्ने सुझाव पनि दिएका छन्।
चार घण्टादेखि चलिरहेको बैठकमा सर्वमान्य नेताको खोजी जारी छ भने नेपाली सेनाले जेन–जी प्रतिनिधिहरूलाई वार्तामा बोलाइरहेका बेला नेताहरूबीच विभिन्न विकल्पबारे विचारविमर्श भइरहेको छ।