काठमाडौं । टेलिकम सेवा प्रदायक एनसेलले आगामी दुई दिनसम्मका लागि भ्वाइस कल, इन्टरनेट र एसएमएस सुविधा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। मुलुकभरका अवरोधपूर्ण अवस्थाबीच उपभोक्ताले आफ्ना आफन्तसँग अविराम सम्पर्क राख्न सकून् भन्ने उद्देश्यले यो सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ।
एनसेलका अनुसार आज (मंगलबार) साँझ ७ बजेदेखि लागू हुने गरी ४८ घण्टासम्म निःशुल्क लोकल भ्वाइस कल (एनसेल र नेपाल टेलिकम दुवै नेटवर्कमा), इन्टरनेट तथा एसएमएस सेवा उपलब्ध हुनेछ।
हालै देशभर घटेका दुर्भाग्यपूर्ण घटनाबाट आफूहरू गहिरो दुखित भएको भन्दै कम्पनीले विज्ञप्तिमार्फत मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।