नेभिगेशन
देश

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली सेनाको आग्रह

काठमाडौं । नेपाली सेनाले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ। बुधबार बिहानदेखि नै सेनाले विभिन्न क्षेत्रमा माइकिङ गर्दै र सडकमा हिँडिरहेका सर्वसाधारणलाई रोकी घरमै बस्न अनुरोध गरिरहेको छ।

सेनाले भनेको छ, अत्यावश्यक सेवामा संलग्न कर्मचारीलाई भने परिचयपत्रको आधारमा सहजै कार्यालय जान दिइनेछ।

गत दुई दिनदेखिको जेनजी आन्दोलनका कारण जनधनको क्षति हुनुका साथै संरचनागत नोक्सानी भएकाले सेनाले काठमाडौंका विभिन्न सडक क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको हो।

शान्ति र सुरक्षा कायम गर्न सुरक्षा निकाय परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्