काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अब देशको नेतृत्व जेनजी पुस्ताले गर्ने बताएका छन् । उनले संसद् विघटनपछि मात्र सेना प्रमुखसँग वार्ता गर्न सकिने स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मेयर साहले जेनजी आन्दोलनलाई निस्वार्थ भन्दै युवापुस्तालाई संयमित रहन आग्रह गरेका छन् । उनले भनेका छन्, “प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा भइसकेको छ । अब संयमित हुनुहोस्, जनधनको क्षति हाम्रो आफ्नै सम्पत्तिको क्षति हो ।”
उनका अनुसार अब नेतृत्व जेनजी पुस्ताले लिनुपर्नेछ र त्यसका लागि सेना प्रमुखसँग वार्ता गर्न तयार रहनुपर्नेछ । तर उनले संसद् विघटनलाई वार्ताको पूर्वशर्तका रूपमा अघि सारेका छन् ।