नेभिगेशन
देश

देउवा दम्पतीमाथि निवासमै आक्रमणदेउवा दम्पतीमाथि निवासमै आक्रमण

काठमाडौं । जेनजी आन्दोलन उग्र बन्दै जाँदा प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी सांसद डा. आरजु राणा देउवामाथि निवासमै पुगेर हातपात गरेका छन् ।

मंगलबार बिहानै आन्दोलनकारीहरूको एक समूह देउवा निवासमा प्रवेश गरी देउवा दम्पतीमाथि आक्रमण गरेको स्रोतले जनाएको छ ।

सोमबारदेखि सुरु भएको जेनजी आन्दोलन आज झन् तीव्र बनेको छ । आन्दोलित युवाहरूले देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत शीर्ष नेताहरूको घर र पार्टी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्