काठमाडौं । राजधानीमा भएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा आठ जनाको मृत्यु भएको पुष्टि भएको छ।
माइतीघरबाट सुरु भएको प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीसँगको भिडन्तमा तीन प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ। प्रहरीले चलाएको गोली लागेर उनीहरूले ज्यान गुमाएका हुन्।
प्रहरीका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत दुई घाइतेको उपचारकै क्रममा निधन भएको छ भने संसद् भवन नजिकै गोली लागेका एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको छ।
यसबाहेक त्रिवि शिक्षण अस्पतालको ट्रमा सेन्टरमा उपचाररत पाँच आन्दोलनकारीको पनि मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।