काठमाडौं । जेनेरेशन–जी (जेन–जी) आन्दोलन नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको रबरको गोली र छर्राले दुई पत्रकार घाइते भएका छन्।
घाइते हुनेमध्ये कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ र नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना रहेका छन्। पत्रकार ढुंगानालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
यसैबीच आन्दोलन नियन्त्रणका क्रममा सशस्त्र प्रहरीका केही जवान पनि घाइते भएका छन्।