नेभिगेशन
देश

देशभक्त नागरिक मञ्चद्वारा लिम्पियाधुरा, लिपुलेकमाथिको अतिक्रमण रोक्नको लागि चिनियाँ दूतावास र राष्ट्रसंघलाई बुझाईएको नागरिक अपिलपत्र सार्वजनिक

काठमाडौं, २० भदौ । देशभक्त नागरिक मञ्चले नेपालको सार्वभौम भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथिको अतिक्रमण रोक्न चीन र संयुक्त राष्ट्रसंघलाई पत्रमार्फत आग्रह गरेको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मञ्चले अपिलपत्र सार्वजनिक गर्दै “हराएको नेपाल राष्ट्र खोजौं, लुकाइएको नेपाल राष्ट्र फिर्ता गरौं” भन्दै जनस्तरबाट उठ्न आह्वानसमेत गर्यो।

मञ्चले पहिलोपटक चिनियाँ दूतावासमा नागरिक स्तरको सुझावसहितको पत्र बुझाइएको जनाएको छ। संयोजक गोविन्द बोहोराको हस्ताक्षरयुक्त उक्त पत्र चीन र युएनलाई प्रेषित गरिएको हो। मञ्चले चीनलाई नेपालको सार्वभौम भूभाग स्थापित गर्न सहयोग गर्न आग्रह गरेको छ।

कार्यक्रममा स्वागत मन्तव्य कमला भट्टराईले दिएकी थिइन् भने सुरेन्द्र केसी, दुर्गाप्रसाद पौडेल, रामप्रसाद मैनाली र दिलिप थापामगरलगायतले आफ्नो धारणा राख्दै नेपाल सधैं स्वतन्त्र रहँदै आएको र यसको सार्वभौमिकता जोगाउनुपर्नेमा जोड दिए।

राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले राजनीतिक दलले गर्नुपर्ने काम नागरिक मञ्चले गरेको भन्दै आभार प्रकट गरे। उनले सुगौली सन्धिको आधारमा कालीपूर्व र कालीपश्चिम नेपालकै भूभाग भएको स्मरण गराउँदै इतिहासमा जंगबहादुरले सीमा अडानमा देखाएको दृढताकै कारण नेपालको भूगोल सुरक्षित भएको बताए। उनका अनुसार, चीनसँग नेपालको १४ सय किलोमिटर सीमा रहेको भए पनि त्यहाँ विवाद नगन्य छ, तर भारततर्फ १८१८ किलोमिटर लामो सिमानामा समस्या रहेको छ।

कार्यक्रममा डा. विजय मिश्रलगायतले पनि आफ्नो धारणा राख्दै नेपाल सार्वभौम राष्ट्र भएकाले यसको भू–अखण्डता जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।

WhatsApp-Image-2025-09-05-at-23.54.41_e5d42b90-1757123227.jpg
WhatsApp-Image-2025-09-05-at-23.54.41_354b317b-1757123278.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्