नेभिगेशन
खेलकुद

एभरेस्ट महिला भलिबल लिग आजदेखि पोखरामा, उद्घाटन खेलमा कर्णाली र पोखरा आमनेसामने

वात्सल्या एभरेस्ट महिला भलिबल लिग (IWV) को दोस्रो संस्करण आजदेखि पोखरामा सुरु हुँदैछ। इन्फिनिटी ड्रिम्सको आयोजनामा गत वर्षदेखि सुरु गरिएको यो लिग यसपटक पहिलोपटक काठमाडौं बाहिर पोखरामा आयोजना हुँदैछ।

उद्घाटन खेलमा गत संस्करणको विजेता कर्णाली यशविस र पोखरा निन्जाज आमनेसामने हुनेछन्। खेल दिउँसो २ बजे पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु हुनेछ। त्यसपछि दिउँसो ४ बजे ललितपुर क्विन्स र मधेश युनाइटेडबीच दोस्रो खेल खेलिनेछ।

कर्णाली र पोखरा दुवै टोली उद्घाटन खेलका लागि तयार देखिएका छन्। दुवै टिममा घरेलु भलिबलमा सफल मानिने न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबमा खेलिरहेका सुमित्रा र प्रगति मुख्य खेलाडीका रूपमा रहेका छन्।

गत संस्करणको च्याम्पियन कर्णाली यसपटक पनि पहिलो खेलदेखि नै उत्कृष्ट प्रदर्शन गरेर उपाधि जोगाउने लक्ष्यसहित मैदानमा उत्रिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्