काठमाडौं — जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा हाल मध्यमदेखि भारी वर्षा भइरहेको र केही दिनसम्म वर्षा जारी रहने अनुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार, बागमती प्रदेशअन्तर्गत सिन्धुपाल्चोक, दोलखा, काभ्रे र चितवनसहितका क्षेत्रमा, गण्डकी प्रदेशअन्तर्गत म्याग्दी, गोर्खा, कास्की लगायतका जिल्लामा वर्षा भइरहेको छ। त्यस्तै, कर्णाली प्रदेशका जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला र सुदूरपश्चिम प्रदेशका दार्चुला, डोटी, डढेलधुरा, कञ्चनपुरलगायतका जिल्लामा समेत मध्यमदेखि भारी वर्षा भइरहेको विभागले जनाएको छ।
विभागका अनुसार, विशेष गरी सुदूरपश्चिमका पहाडी भूभागमा अझै मेघगर्जनसहितको वर्षा गराउने बादल सक्रिय रहेका कारण सतर्क रहनु अत्यावश्यक छ।