नेभिगेशन
देश

चाडपर्व लक्षित बजार अनुगमनमा कृषिमन्त्री गिता चौधरीको सक्रियता

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिइएको छ। काठमाडौं उपत्यकाभरि बजार अनुगमनका लागि १६ वटा टोली परिचालन भएको छ। मन्त्री चौधरी र उद्योग मन्त्रीबीच भएको भेटका क्रममा मन्त्री चौधरीले चाडपर्वको समयमा बजारमा हुन सक्ने कालोबजारी, कृत्रिम मूल्यवृद्धि तथा उपभोक्तामाथि हुने ठगी नियन्त्रणका लागि नियमित र प्रभावकारी बजार अनुगमन गर्न आग्रह गर्नुभएको थियो।

सोही आग्रहअनुसार उद्योग मन्त्रालयले समन्वय गर्दै काठमाडौं उपत्यकाका विभिन्न बजारमा अनुगमन टोली परिचालन गरेको हो। अनुगमनका क्रममा बजारमा वस्तुको मूल्य, बिक्री वितरण तथा उपभोक्ताले उपभोग गर्ने वस्तुको अवस्थाबारे परीक्षण तथा निरीक्षण भइरहेको छ।

चाडपर्वका बेला उपभोग्य वस्तुको माग बढ्ने भएकाले बजारमा हुन सक्ने अनियमितता नियन्त्रण गर्न नियमित अनुगमन आवश्यक रहेको मन्त्री चौधरीको धारणा छ। बजार अनुगमनलाई प्रभावकारी बनाउँदै उपभोक्तालाई उचित मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराउने र कालोबजारी नियन्त्रण गर्ने उद्देश्य रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्