नेभिगेशन
देश

मापदण्ड विपरीत इन्टरनेट बेच्ने १४ कम्पनीलाई ५० हजार जरिवाना

काठमाण्डाै । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

प्राधिकरणले अनुमतिपत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएपछि दूरसञ्चार ऐनबमोजिम कारबाही गर्ने निर्णय गरेको जनाएको छ ।

जरिवानामा पर्ने सेवा प्रदायकमा ब्रोडलिङ्क नेटवर्क एन्ड कम्युनिकेशन, क्लासिक टेक, वेब सर्फर नेपाल, फाइबरवर्ल्ड, भायानेट, एरोनेट, डिश मिडिया नेटवर्क, वाइफाई नेपाल, सीजी कम्युनिकेशन, वर्ल्डलिङ्क कम्युनिकेशन्स, फर्स्ट लिङ्क कम्युनिकेशन, पोखरा इन्टरनेट, टेकमाइन्ड्स नेटवर्क र सुबिसु रहेका छन् ।

प्राधिकरणले स्वीकृति नलिई सञ्चालन गरिएका इन्टरनेट प्याकेज तथा शुल्क तत्काल बन्द गरी त्यसबारे जानकारी गराउन सम्बन्धित सेवा प्रदायकलाई निर्देशनसमेत दिएको छ ।

fine-1791905361.webp
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्