नेभिगेशन
खेलकुद

डेभिड वार्नरले काठमाडौं गोर्खाजबाट एनपिएल खेल्ने

काठमाडौं। अष्ट्रेलियन ब्याटर डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन्। काठमान्डुले मंगलबार सामाजिक सञ्जालबाट वार्नरलाई टीममा समावेश गरेको जानकारी दिएको हो।

एनपिएल खेल्न आउने विदेशी खेलाडीमा उनी अहिलेसम्मका सबैभन्दा चर्चित खेलाडी हुन्। अस्ट्रेलियाले २०१५ र २०२३ मा एकदिवसीय विश्वकप र २०२१ मा टी–२० विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाडी थिए। २०२१ को टी–२० विश्वकपमा उनी ‘प्लेयर अफ द सिरिज’ मा चुनिएका थिए।

वार्नरले अस्ट्रेलियाबाट ११२ टेस्ट, १६१ एकदिवसीय अन्तर्राष्ट्रिय र ११० टी–२० अन्तर्राष्ट्रिय खेल्दै ४९ शतकसहित झन्डै १९ हजार अन्तर्राष्ट्रिय रन बनाएका छन्। वार्नरले १४२ माथिको स्ट्राइक रेटमा ३ हजार २ सय ७७ रन बनाएका थिए। उनको नाममा ८ हजार ७ सय ८६ टेस्ट र ६ हजार ९ सय ३२ एकदिवसी अन्तर्राष्ट्रिय रन रहेको छ। वार्नरले पछिल्लो पटक अस्ट्रेलियाबाट सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० विश्वकपमा खेलेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्